
सानिमा बैंकको अनलाइन इ कम कार्ड संचालनमा

काठमाडौं । सानिमा बैंकले इ कम भिसा कार्ड प्रयोगकर्ताहरुलाई अब अनलाइन मार्फत कार्डमा टपअप गर्न मिल्ने सुबिधाको ल्याएको छ।
सो सुविधा आएसँगै अब इ कम भिसा कार्ड प्रयोगकर्ताहरुले अब आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट सानिमा यूएसडी इ कम भिसा कार्डमा टपअप गर्न मिल्ने बैंकले जनाएको हो।
त्यस्तै, ग्राहकहरुले सानिमा सजिलो ईबैकिङ्ग एप वा बैंकको आधिकारिक वेबसाइटमा अनलाइन सर्भिसेस अन्तर्गतको कार्ड सर्भिसबाट आफ्नो विवरणहरु राखेर टपअप गर्न सक्ने जनाइएको छ।
साथै, ग्राहकहरुले बैंक खातामा रजिस्टर भएको मोबाइल नम्बर वा इमेल, बचत खाता नम्बर र उपलब्ध क्याप्चा राखेर टप अपको प्रकिया अगाडि बढाउन सक्नेछन् भने सोही प्रकियाका लागि मोबाइल नम्बर वा इमेलमा प्राप्त भएको वान टाइम पासवर्ड ओटीपी राखे पश्चात् कार्डमा तुरुन्तै टपअप हुने जनाइएको छ।
हालसानिमा बैंकको देशको सातै प्रदेशमा १ सय ३४ वटा कार्यालयहरु तथा १ सय २७ वटा ए.टि. एमहरु चल्तीमा रहेको अवस्था छ ।


