

आज एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन




काठमाडौं । नेपाल एसबिआई बैंकले निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो ।
बैंकले असार ३० गतेदेखि ऋणपत्र निष्कासन गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याज दिने गरी ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ निष्काशन गरेको हो ।
प्रति ऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेकोमा ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ। बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ।
ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सी आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । बैंकको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ।