

इप्पान अब महासंघ बन्ने भएको छ




काठमाडौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) अब महासंघ बन्ने भएको छ । आज आयोजित २३औं साधारणसभाको अवसरमा इप्पानका अध्यक्ष गणेश कार्कीले संस्था अब महासंघ बनाउने बनाउने बताए ।
यो प्रस्ताव जारी सभामा पेश गरिने छ र सभाले पारित गर्ने जनाएको छ । अध्यक्ष कार्कीले ऊर्जा क्षेत्रमा क्रियाशील रहेको अन्य संस्थाहरुलाई समेटदै देश संघियतामा गएकाले सोहि अनुरुप संस्थाको प्रदेशिक रुपमा अघि बढने बताए ।