
यूनाइटेड अजोड इन्स्योरेन्सको ३१औं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । निर्जीवन बीमक यूनाइटेड अजोड इन्स्योरेन्सले आफ्नो ३१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कम्पनीले काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रालि सभा सम्पन्न गरेको हो।
सोही साधारणसभाले हाल कायम चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने रकम २१ करोड रुपैयाँ बराबरको बोनस सेयर र ०.५२६३ प्रतिशतले हुन आउने रकम १ करोड १० लाख ५२ हजार रुपैयाँ बराबरको नगद लाभांश कर समेत सेयरधनीलाई प्रदान गर्ने भएको छ।
सोही कम्पनीले नियामक निकाय नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्ता पूँजी २ अर्ब ५० करोड कायम गर्न निर्देशन दिएकाले कम्पनीले यसअघि नै १५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो। तर बोनस शेयर वितरणपछि चुक्ता पूँजी बढ्ने भएकाले हकप्रद प्रतिशतलाई परिमार्जन गरेर १० प्रतिशत अर्थात् १०० कित्ता बराबर १० कित्ता हकप्रद निष्कासन गर्ने गरी परिमार्जन गर्ने प्रस्ताव पारित गरेको अवस्था छ।

