

एसबीआई बैंकले जारी गर्यो ऋणपत्र




काठमाडौं । नेपाल एसबीआई बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ । बैंकले १० वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर रहेको ‘७ प्रतिशत एसबीआई ऋणपत्र २०९०’ नामको ऋणपत्र निष्कासन गरेको हो ।
बैंकले आजदेखि प्रतिइकाई १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँको ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको हो । जसमा १८ लाख इकाई बैंकले अन्य संघ संस्थालाई बिक्री गर्ने जनाएको छ ।
बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि निष्कासन गर्ने छ । यसमा एनआइएमबी एस क्यापिटलले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम गरेको छ ।
ऋणपत्रमा साउन १ गतेसम्म आवेदन दिन सकिने छ । उक्त समयसम्म ऋणपत्र बिक्री नभएमा साउन १२ गतेसम्म आवेदन दिन सकिने छ । ऋणपत्रमा न्यूनतम २५ अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।