

नेपाल इन्स्योरेन्सको हकप्रद सेयर साउन ६ गतेबाट जारी हुने




काठमाडौं । मर्जरमा नगएको एक निर्जीवन बीमक, नेपाल इन्स्योरेन्स कम्पनीले आउने साउन ४ गतेदेखि हकप्रद सेयर जारी गर्ने भएको छ ।
उक्त कम्पनीले चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ बराबरको ३४.७८३ प्रतिशतले हुन आउने रकमको अनुपातमा (फेस भ्यालू) को आधारमा १०ः ३.४७८३ अर्थात् १० कित्ताबराबर नयाँ ३.४७८३ कित्ता अर्थात् ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद जारी गर्ने भएको हो।
यता, हकप्रद प्रयोजनार्थ कम्पनीले गता जेठ ३० गते बुक क्लोज गरिसकेको छ । अब जेठ २९ गतेसम्म कायम रहेका सेयरधनीहरु कम्पनीको हकप्रदमा आवेदनका लागि योग्य बनेका छन् ।