

एनएलजी इन्स्योरेन्स एक्लैले संकलन गर्यो ३ अर्ब रुपैयाँ बीमाशुल्क




काठमाडौं । निर्जीवन बीमा क्षेत्रको एक सबल कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनीले ३ अर्ब रुपैयाँ बीमशुल्क संकलन गरेको छ । त्यस्तो बीमाशुल्क उसले चालु एक आर्थिक वर्ष भित्रै आर्जन गर्न सफल भएको हो ।
हाल ३ सय करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेसँगै सम्पूर्ण एनएलजी परिवारहरु एक ठाउँमा उभिएर खुशीयाली साटेका छन् । शुक्रबार एनएजली इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित सबैजनाले एक ठाउँमा केक काटेका हुन् ।
यससँगै मर्जरमा नगएको एक निर्जीवन बीमकले मोटो रकमको बीमाशुल्क संकलन गर्दा बीमा पहुँच थप बिस्तार हुँदै गएको समेत संकेत गरेको छ ।