

हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो उत्कृष्ट दुई अन्तर्राष्ट्रिय अवार्ड




काठमाडौं। निर्जीवन बीमक कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्सले फेरी अन्तर्राष्ट्रिय अवार्ड प्राप्त हात पारेको छ। उसले २०२५, जुलाई ९ मा सिंगापुरमा सम्पन्न भएको विशेष कार्यक्रममा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड‘डोमेस्टिक जनरल इन्स्योरर अफ दि एअर’ र ‘इन्स्योरेन्स प्रडक्ट इनोभेशन अफ दि एअर’ २०२५ बाट हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी हात पार्न सफल भएको हो।
सम्मान कार्यक्रममा कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ र निर्देशक विजय कुमार पन्त स्वयं सहभागी भएका थिए । हिमालयन एभरेष्ट इन्स्योरेन्सले यसअघि पनि सन् २०२३ मा इन्स्योरेन्स एशिया अवार्ड, सन् २०२४ मा ‘डोमेस्टिक जनरल इन्स्योरर अफ दि एअर र ‘स्ट्राटेजिक पार्टनरसिप अफ दि एअर’ अवार्डहरु हात पारेको थियो।