

१५ खर्ब ३२ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रियो




काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको जेठ महिनासम्ममा १५ खर्ब ३२ अर्ब रुपैयाँ रेमिट्यान्स विप्रेषण स्वदेश भित्रिएको छ ।
राष्ट्र बैंकका अनुसार ११ महिनामा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि हुँदा १५ खर्ब ३२ अर्ब ९३ करोडमा कायम भएको हो। यता, गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको देखिन्छ। त्यसरी नै २०८२ जेठमा विप्रेषण आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रहेको बेलामा अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १ खर्ब २८ अर्ब ९१ करोड रहेको देखिएको हो। सोही अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको तथा गत आवको सोही अवधिमा यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको अवस्था देखिन्छ। साथै सोही अवधिमा खुद ट्रान्सफर १६ खर्ब ६८ अर्ब ३० करोड पुगेको छ ।
गत आवको सोही अवधिमा यस्तो आय १४ खर्ब ४३ अर्ब १० करोड रहेको थियो । त्यसरी नै जेठ मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको सङ्ख्या ४ लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ८ हजार ६७ रहेको बेलामा अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख २१ हजार ३५६ र २ लाख ६१ हवार २१० जना रहेको तथ्यांकमा देखिन्छ।