

सिटिजन्स बैंकको सेयर बिक्रीमा




काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले सेयरको ब्रिकी खुलाएको छ । उसले ४ हजार ६६९.९८ कित्ता संस्थापक सेयरको बिक्री खुलाएको हो।
यता, बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार हाल बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको बेलामा सेयर बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम १११ रुपैयाँ तोकिएको अवस्था छ।
सेयर किन्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित नारायणहिटीस्थित सिटिजन्स बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन मिल्ने बताइएको हो ।