

२८.९१ अंकले नेप्से परिसूचक बढ्दा, ७ अर्ब माथिको कारोबार




काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढ्न पुगेको छ । परिसूचक २८.९१ अंकले बढ्न पुगेको हो ।
आज सेयर बजारमा नेप्से परिसूचकले २६६०.३९ बिन्दु कायम गरेको बेलामा ३ सय ९ कम्पनीको १ करोड ५७ लाख ६४ हजार १ कित्ता बराबरको ७ अर्ब ३ करोड ३३ लाख ५० हजार २८३.६१ रुपैयाँको कारोबार भएको देखिन्छ ।
सेयर बजार बढेको दिन ३१ कम्पनीको मूल्य घटे पनि यता २सय १७ कम्पनीको भने मूल्य उकालो लागेको छ।