

जन्मदिनलाई लक्षित गरी रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार




काठमाडौँ । जन्मदिनमा सहि उपहार के हुन सक्छ भन्ने विषयमा पनि व्यक्ती विशेषका आ आफ्नै धारणाहरु हुने गर्छन् । नहुन पनि कसरी किनकी सबैको सौख र मनोरंजन एउटै कुरामा अडेको हुँदैन ।
भनाई मतलब पछिल्लो उपहार पनि केही काम लाग्ने बस्तु नै दिने परम्परा बढ्दै गएको पाइन्छ । पछिल्लो समय कुनै पनि व्यक्ती विशेषको जन्मदिनमा बीमा पोलिसी दिने क्रम पनि बढ्दो नै छ । यसपटक बुढानिलकण्ठ नगरपालिका–७ हात्तीगौडामा बसोबास गर्ने गोकर्ण राई र मञ्जु राईले आफ्नी नातिनी नायुमालाई जन्मदिनको अवसर पारेर बीमा पोलिसी उपहार दिएको अवस्था छ। उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको हात्तीगौडा शाखाबाट बीमा गराएर नातिनीको उज्ज्वल भविष्यको कामना गर्दै यो उपहार प्रदान गरेको कम्पनीले जानकारी दिएको छ।
साथै, उनै हजुरबुबा गोकर्ण राईले आफ्नै पेन्सनको रकम प्रयोग गरेर नातिनीका लागि बीमा गराएका हुन् । ‘जन्मदिनमा अन्य उपहारभन्दा बीमा पोलिसी दीर्घकालीन सुरक्षा र भविष्यको सुनिश्चितताको हिसाबले उपयुक्त लागेर हामीले यो उपहार दिने निर्णय गरेका हौं,’ उनले सुनाए। सोही बीमालेख रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको हात्तीगौडा शाखाका शाखा प्रबन्धक विष्णु काप्रीले, अन्य पारिवारिक सदस्यहरूको उपस्थितिमा नायुमालाई हस्तान्तरण गरेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको हो ।