

सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक




काठमाडौं । जीवन बीमक सन नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । उसले बीमितलाई प्रदान गर्ने नयाँ बोनसदर बजारमा ल्याएको हो ।
सोही कम्पनीले गत आर्थिक वर्षको बीमांकीय मूल्यांकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणले असार १५ गते स्वीकृत गरेसँगै कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको हो भने अब बीमितले न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म प्रति हजारका दरले बोनस हात पार्ने भएाक छन्।
यता, भाग्योदय जीवन बीमामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म कायम गरेको कम्पनीले बाल समृद्ध जीवन बीमामा ३० रुपैयाँदेखि ५५ रुपैयाँसम्म, सावधिक सुनौलो जीवन बीमामा ३० देखि ५२ रुपैयाँसम्म र सुनौलो बाल समृद्ध जीवन बीमामा पनि ३० देखि ५२ रुपैयाँसम्म बोनस दिने भएको हो।
साथै, नवीन आजीवन जीवन आजीवन बीमालेखमा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म, १५ वर्षे सार्थक आजीवन जीवन बीमालेखमा ३९ रुपैयाँ, धनधान्य जीवन बीमालेख, धनलक्ष्मी जीवन बीमालेख, धनञ्जय जीवन बीमालेख र नव धनलक्ष्मी जीवन बीमलेखमा २३ देखि २५ रुपैयाँसम्म बोनसदर कायम गरेको कम्पनीले जनाएको छ। पछिल्लो समय सन नेपाल लाइफले नेपाली बीमा बजार सुहाउदो प्रोडक्ट तथा उत्पादनहरुबाट पनि चर्चा कमाएको अवस्था छ ।