

९ महिनामा ४४ करोडको व्यापार : बतास ट्याकटर्स कम्पनी




काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनासम्ममा ४४ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गर्न सफल भएको छ बतास ट्याकटर्स कम्पनी ।
सन् २०२३ को ९ महिनासम्म ३० करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यो अवधिमा कम्पनीको व्यापार बढेको छ । सन् २०२३ मा कम्पनीले २६ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२२ को तुलनामा भने कम्पनीको व्यापार घटेको छ । सन् २०२२ मा कम्पनीले ७६ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । सन् २०२१ मा पनि कम्पनीको व्यापार ७५ करोड रुपैयाँको भएको थियो ।
भने , यस कम्पनीले क्याटरपिलर निर्माण सामग्री, गोदरेज सामग्री र प्रोपेल–ब्रान्डेड सामग्रीको आधिकारिक विक्रेता हो । कम्पनीले सन् २०१७ देखि क्याटरपिलर निर्माण सामग्री, सन् २०१८ मा गोदरेज सामग्री र सन् २०२० देखि पोप्रोल प्रोडक्ट बिक्री वितरण गर्दै आएको छ । कम्पनीमा आनन्दराज बतास र शान्तराज बतास र उनका परिवारको सदस्य गरी ५ जनाको स्वामित्व छ । जसमा आनन्दराज र शान्तराज बतासको ६७ प्रतिशत स्वामित्व छ ।