

बढ्यो सेयर बजार, लगानीकर्ताहरुमा उत्साह




काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढ्न पुगेको छ । सोमबार परिसूचक ९.१९ अंकले बढ्न पुगेको हो ।
आज सेयर बजारमा नेप्से परिसूचकले २६३१.४८ बिन्दु कायम गरेको बेलामा ३ सय १८ कम्पनीको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता बराबरको ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार १५ रुपैयाँको कारोबार भएको देखिन्छ ।
सेयर बजार बढेको दिन १०३ कम्पनीको मूल्य घटे पनि यता १ सय ४५ कम्पनीको भने मूल्य उकालो लागेको छ।