

सूर्यज्योति लाइफले लेट फीको रिन्यूमा ५० प्रतिशत सहुलियत दिने




काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले बीमा शुल्क बुझाउन म्याद नाघेका बीमितहरुलाई त्यस्तो शुल्कको व्यतित बीमालेख पुनर्जागरणमा सहुलियत दिने भएको छ।
लाइफ इन्स्योरेन्सले २०८२ असार १५ देखि २८ गतेसम्म लागू हुने गरी व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा अधिकतम ५० प्रतिशतसम्म छुट दिने योजना ल्याएको जनाएको हो। यता, पाँच वर्ष ननाघेका बीमालेखहरूमा ५० प्रतिशत र पाँच वर्ष नाघिसकेका बीमालेखहरूमा ३५ प्रतिशतसम्म छुट प्रदान गरिने बताइएको बेलामा त्यस्तो बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा दिइने छुट सर्तसहितको हुने व्यवस्था छ।
सोही सुविधा बीमा अवधिभरमा एकपटक मात्र प्राप्त गर्न सकिने कम्पनीले जनाएको बोलामा २०८३ असार १५ सम्म परिपक्व हुने बीमालेखहरूमा भने सो सहुलियत कायम नहुने बताइएको हो ।