

सुनको मूल्यमा गिरावट




काठमाडौँ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा दुई हजार ९०० रुपैयाँले गिरावट आएको हो ।
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको बेला हिजो एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
सुनको मूल्य घटेको दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला दुई हजार १६५ रुपैयाँमा आइपुगेको हो।