

मेटलाइफ नेपालको बीमालेख पुनर्जागरण अभियानमा विलम्ब शुल्कमा सहुलियत




काठमाडौं । मेटलाइफ नेपालले आफ्नो वार्षिक बीमालेख पुनर्जागरण अभियानको सुरुवात गरेको छ । उसले आफ्ना ग्राहकहरूलाई व्यतित जीवन बीमा पोलिसीहरू पुनः सक्रिय गरी भविष्य सुरक्षित राख्ने सुविधा दिएको जनाएको हो ।
सोही अभियानमा म्याद नाघेको पाँच वर्षभित्रको पोलिसीमा १०० प्रतिशत विलम्ब शुल्क मिनाहा गरिएको बेलामा यता पाँच वर्षभन्दा बढी समयदेखि व्यतित भएका पोलिसीहरूमा ६० प्रतिशत विलम्ब शुल्क सहुलियत हुने व्यवस्था सुरु गरिएको छ। सोही व्यवस्थाले ग्राहकहरूलाई पोलिसी पुनः सक्रिय गर्न सहयोग गर्छ भने त्यसले दीर्घकालीन आर्थिक सुरक्षातर्फको प्रतिबद्धता कायम राख्न सहयोग गर्ने बुझिएको छ।
त्यस्तै, बीमालेख पुनर्जागरण गर्ने प्रक्रिया सहज र पहुँचयोग्य बनाइएको बेलामा आवेदन फारम कम्पनीको वेबसाइटमा उपलब्ध छ भने प्रिमियम भुक्तानी इ–सेवा, कनेक्ट आइपीएस, वा वन बाई मेटलाइफ एपमार्फत गर्न सकिने जनाइएको हो।