

सेयर बजारमा ५ अर्ब ९४ करोडको कारोबार, स्थिर देखियो नेप्से परिसूचक




काठमाडौं । साताको चौथो दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक स्थिर बन्न पुगेको छ। एकाएक परिसूचक स्थिर बनेको दिन ०.३३ अंकले घट्न पुगेको हो ।
त्यस्तो परिसूचकमा स्थिरता कायम भएको दिन २६ सय बिन्दुमा बजार अड्डिएको देखिन्छ। सोही दिन बुधबार, ३ सय ११ कम्पनीको १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता सेयर ५ अर्ब ९४ करोड २८ लाख ५२ हजार २५६ रुपैयाँमा खरिद बिक्री भएको छ ।
यता, त्यस्तो कारोबारमा विकास बैंक, होटल, जलविद्युत, जीवन, निर्जीवन बीमा समूहको उपसूचक उचालिदा सो भन्दा बेगरका समूहका उपसूचकहरुमा भने गिरावट देखिएको छ। साथै, आज १ सय १२ कम्पनीको सेयर मूल्य बढ्न पुगेको बेलामा १ सय ३४ कम्पनीको मूल्य घटेको नेप्से परिसूचकमा देखिएको हो ।