

नेशनल लाइफकी अध्यक्षले ग्रहण गरिन सपथ




काठमाडौं । बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाले कम्पनीको अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहलाई एक कार्यक्रमको बीच बीमा ऐन २०७९ को दफा ४७ (६) को ब्यवस्था अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराए ।
कम्पनीको मिति २०८२/०३/०५ मा भएको ३७ औं वार्षिक साधारण सभावाट कम्पनीको संचालक समितिको पूर्नगठन भई सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पूर्ननिर्वाचित भएका हुन् ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षले कम्पनीको पूर्ननिर्वाचित अध्यक्ष सिंहको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरे । भने सिंहले सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकोमा नेपाल बीमा प्राधिकरणको अध्यक्षलाई आफ्नो र संचालक समितिको तर्फवाट आभार एवं धन्यवाद ज्ञापन गरिन्।
उक्त समारोहमा नेपाल बीमा प्राधिकरणवाट कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फवाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थिती रहेको थियो ।