

नेशनल लाइफको सहायक कम्पनी ‘नेशनल क्यापिटल’ ले हात पार्यो इजाजत पत्र




काठमाडौं । पुरानो तथा ठूलो जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेशनल क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङको लाईसेन्स हात पारेको छ । नेपाल धितोपत्र बोर्डले हिजो संचालन इजाजत अनुमति पत्र प्रदान हो।
सोही कम्पनीले अण्डरराइटिङ, पोर्टफोलियो म्यानेजमेन्ट, र कर्पोरेट एडभाईजरी सेवा प्रदान गर्न सक्ने गरि बोर्डबाट लाइसेन्स पाएको बेलामा अब क्यापिटलले इस्यु म्यानेजमेन्ट र शेयर रजिस्ट्रेशन सेवाको लागि पनि धितोपत्र बोर्डमा यस अघि नै आवेदन दिईसकेको बुझिएको छ। त्यस्तो अनुमति पाएसँगै क्यापिटलले मर्चेन्ट बैंकिङ सम्बन्धि सेवा सम्पन्न गर्नेछ।
यता, सोही क्यापिटलका प्रमुख कार्यकारी अधिकृत अर्पण खनाल रहेको बेलामा खनाल सहितका लगानीकर्ताले सन् २०१८ मा खनाल प्रधानाङ्ग इन्भेष्टमेन्ट सर्भिसेज स्थापना गरेको नेशलन लाइफ इन्स्योरेन्स स्रोतले जानकारी दिएको छ । हाल नेशनल क्यापिटलको अधिकृत पूँजी ३० करोड रुपैयाँ तोकिएको छ भने जारी पूँजी ३० करोड रुपैयाँ रहेको बेलामा हालको चुक्ता पूँजी भने २० करोड रुपैयाँ कायम गरिएको अवस्था छ ।