
विराटनगरको नोबेल अस्पतालमा कोरोना संक्रमित महिलाको गयो ज्यान

काठमाडौं । नोबेल शिक्षण अस्पताल विराटनगरमा एक महिलाको मृत्यु भएको छ। उनको कोरोनाको कारण ज्यान गएको बताइएको छ । उक्त संक्रमित महिला इलाम घर भएकी र ३९ वर्ष उमेरकी रहेको बुझिएको हो ।
यता अस्पतालका सुचना अधिकारी नवीन दाहालका अनुसार श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने लगायतका समस्या देखिएपछि सोमबार झापा बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गराउँदा उनलाई कोभिडको संक्रमण पुष्टि भएपछि थप उपचारका लागि नोबेल अस्पताल ल्याइएको थियो ।
साथै, आज बिहान मात्रै अस्पताल आइपुगेकी उनको आकस्मिक कक्षमा उपचार गर्दागर्दै बिहान ६ बजे मृत्यु भएको उनले बताए । मृत्यु पछि उनको शवलाई प्रहरीको जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।कोरोना महामारीपछि संक्रमणबाट नेपालमा मृत्यु भएको यो पहिलो केश हो । कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमित देखिरहेको अवस्था छ ।


