

इरान जागेसँगै ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा




काठमाडौं । भनिन्छ विनाश काले विपरीत बुद्धि । कुनै पनि युद्धले विध्यसं मच्चाउने र रक्तपात गर्न कुरालाई नै समर्थन गर्ने देखिन्छ जबकी विश्व शान्तीको मार्गमा हिड्न एकदिन युद्ध रोक्नुको विकल्प पनि हुँदैन ।
विगतमा हाम्रा पुर्खाहरु धेरै पढेलेखेका थिएनन, सामान्य कुटो कोदालो चलाएर खाए । तर. जब समाज विद्धान, बैज्ञानीक तवरबाट सशक्त बन्दै गयो विभिन्न आणविक, छेप्यास्त्र निर्माण भए ।
अब अहिले ठूला देशरुको ठूलो हमलाबाट पनि सर्वसाधारण र नागरिकहरु नै मारमा पर्ने पक्का छ । यस्तो बेलामा शक्ती राष्ट्र मानिएका कतिपय देशरहरु वैचारीक मतभेदका कारण युद्धमा होम्मिएसँगै फेरी केही युद्ध विरामको बाटो अपनाउने भएका छन् ।
हालै संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीच भएको द्वन्द्व अन्त्य गर्न औपचारिक युद्धविरामको सहमति भएको घोषणा गरेको अवस्थ छ।
उनै राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै युद्धविराम केही घण्टाभित्र लागू हुने बताएका हुन् । पहिले इरानले युद्धविराम शुरू गर्नेछ भने त्यसको १२ घण्टापछि इजरायलले पनि त्यसमा सहभागी हुने जनाइएको छ । त्यसपछि २४ घण्टाको समयावधिमा दुवै पक्षले युद्धको औपचारिक अन्त्यको घोषणा गर्नेछन् ।राष्ट्रपति ट्रम्पले दुबै राष्ट्रले धैर्य, साहस र समझदारी देखाएकोमा बधाई दिँदै, यस सहमतिले दीर्घकालीन विनाशबाट सम्पूर्ण मध्यपूर्व क्षेत्रलाई बचाउन सक्ने विश्वास व्यक्त गरे ।
यता, हालसम्म इजरायल, इरानबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । अमेरिकी राष्ट्रपतिको कार्यालय र रक्षा मन्त्रालयबाट पनि यसबारेमा औपचारिक धारणा सार्वजनिक गरिएको अवस्था छैन ।