

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा फागुन १२ मा, सलिकोको बधाई २०८२ असार ९ मा




काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ती गत २०८१ साल फागनु १२ गते भएको हो । सो दिनमा उनलाई मन्त्रिपरिषद्ले नै नियुक्त गरेको हो ।
यता निर्जीवन बीमातर्फ घरी एक नम्बर घरी, तीन नम्बरमा देखिने सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को टीम भने भर्खर बधाई दिन पुगेको छ ।
कम्पनीले आफूहरुले ओझाको सफल कार्यकालको शुभकामना दिएको भन्दै केही घण्टा अघि मात्रै आफ्नो सामाजिक संजालमा फोटो समेत हालेको अवस्था छ ।
यही बिचमा ओझा आफै यस्ता पात्र बन्न पुगे जसले पदमा आउँने बित्तीकै मुद्धा खेप्न पर्यो र हाल उनको मुद्धा सरेको अवस्था छ । त्यस्तो मुद्धा जहाँ उनले फर्जी काजगात र किर्ते डकुमेन्ट बुझाएर नियुक्ती खाए भन्ने विषय जोडिएको छ । भलै उनको पद हालम्म चिप्लिएको छैन । होला कि त मुद्धावाला कमजोर भए वा उनी तत्काललाई बलियो साबित भए ।
आज हामीले ओझाको मुद्धा वा सलिकोकोले बधाई दिन हुन भन्न विषयमा केन्द्रित हुन खोजेको होइन । बरु पदमा बहाल भएको यति लामो समय भइसक्दा नेपाली बीमा बजारको वास्तविक दृश्य र त्यसका समस्याका समाधानका निम्ती कदम चाल्न ढिलाई भएको हो कि ? भन्ने विषय उजागर गर्न चाहेका हौं ।
सुरुवाती चरणमा नै बीमा कम्पनीहरुको ब्रिफिंग लिएको बीमा प्राधिकरणको नयाँ नेत्तृत्वले बजारमा वान टु वान वार्ताबाट के पत्ता लगायो ? भन्ने बीमा यता बजारले हालसम्म सुँईको पाउँन सकेको छैन ।
ठीक यही बेलामा नेपाल बीमा प्राधिकरणका कुनै कर्मचारीले अघि ढिला गरेर अस्वभाविक रुपमा बधाई ज्ञापन हुनुलाई केही आश्चर्य चकित हुने घटनाकै संज्ञा समेत दिएका छन् ।
(बीमा दर्पण डटकम : मिरोर अफ इन्स्योरेन्स )
यद्यपी कार्यव्यवस्ता वा अन्य केही कारण मंसिरसम्मका लागि मुद्धा परसरेसँगै एक सबल निर्जीजन बीमा कम्पनीका संचालक समूहबाट सलिकोका मनोहरदार मूल र एवम नेपाली निर्जीवन बीमा क्षेत्रका एक सक्रिय हस्ती एवम् बीमा संघका पूर्व अध्यक्ष तथा सलिकोको सीईओ चंकी क्षेत्री समेत एक्कास्सी अध्यक्ष ओझाको स्वागतमा सक्रिय हुन रुचाएका छन् ।
आगामी दिनमा बीमा कम्पनी, तीनका संचालक एवम् नेपाल बीमा प्राधिकरणले बीमितको वास्तविक समस्यालाई सम्बोधन गर्ने ठोस नीति ल्याउँदै त्यस्ता नीतिहरु समेत प्रकाश एवम् सार्वजनिक गरुन् ।
अध्यक्ष ओझालाई हाम्रो पनि शुभकामना ।
ढिलो बधाईले बीमा बजार जन्मायो ठूलो शंका
हाल नेपाल बीमा प्राधिकरणको अध्यक्ष जस्तो पदमा यति ढिला गरेर बधाई दिनुे पनि ठूलो शंका जन्माएको छ । किनकी, अध्यक्ष भएको आज होइन तर के एसेप्टेन्स गर्दै बधाई दिन अब चाही ठिक छ भन्ने भएको हो कि ? वा कुनै पनि अनुसन्धानमा नै किन नहोस् ठूलो घट्नाको ढिला उजूरी पर्दा त्यसमा हेर्ने नजर नै केही हदसम्म फितलो बन्ने देश, कानुमा हामी छौं । यसको मतलब त्यति बेला अध्यक्ष भएको व्यक्तीलाई बधाई दिन यति लामो समय लाग्नुले एउटा रोचकता तथा रहस्य भने पक्कै थपेको छ ।
भलै, बधाई जहिले भए पनि नियामक र बीमा कम्पनीले बीमितको भलाईका लागि सपथ खाँदै हात मिलाउँनु आफैमा राम्रो कुरा पनि त हुनसक्छ । तर, बधाई दिन करिब ४ महिना ढिलाई भएको जस्तै दाबी भुक्तानी दिने कुरामा चाही कुनै आँलटाल नहोस् ।
फेरी शुभकामना ।
(बीमा दर्पण डटकम : मिरोर अफ इन्स्योरेन्स )