


तीन खर्ब रेमिट्यान्स भित्रिन सफल




काठमाडौं । गत भदौं महिनामा नेपालमा विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि भएको तथ्यांक बाहिरीएको छ । यता केन्द्रीय बैंकका अनुसार सो अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई तीन खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ पुगेको तथ्यांकमा देखिएको हो ।
त्यस्तै, सोही समयमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि हुँदा २ अर्ब ५२ करोड पुगेको छ भने अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको देखिन्छ। सोही समयमा खुद द्वितीय आय, खुद ट्रान्सफर ३८४ अर्ब ८८ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २८७ अर्ब ७६ करोड रहेको तथ्यांखमा उल्लेखित छ।
साथै, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगतनयाँतर्फ भने लिने नेपालीको सङ्ख्या ९०,१९८ एवम् पुनः श्रम स्वीकृति लिनेको सङ्ख्यामा ४५,८८४ रहेको बेलामा अघिल्लो वर्षको त्यस्तो तथ्यांक ७६,४८५ र ४०,५८३ रहेको बताइएको हो ।