

सेयर बजारमा सुधारको संकेत




काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक केही अंकले बढेर बन्द भएको अवस्था छ । सोमबार परिसूचक ८.१३ अंक बढ्दा २६०४.११ विन्दुमा पुगेको हो।
आज नेप्सेमा ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार रुपैयाँरको सेयर खरिद बिक्री हुँदा १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढ्न पुगेका छन् । त्यस्तै, ६ उपसमूहको परिसूचक घटेका छन्।