

शुभ श्री अग्नि सिमेन्टले आइपीओ ल्याउँन धितोपत्र बोर्डसँग माग्यो अनुमति




काठमाडौं । शुभ श्री अग्नि सिमेन्ट उद्योग लिमिटेडले आइपीओ ल्याउँने भएको छ । सोही प्रयोजनका लागि उसले नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो।
यता, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले २ करोड २ लाख १० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको जनाइएको छ।
कम्पनीले २ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्नेछ भने कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई उक्त आइपीओ बिक्री गर्नका लागि अनुमति मागेको अवस्था छ। आईपीओ जारी गर्ने भएसँगै माछापुच्छ्रे क्यापिटल बिक्री प्रबन्धक रहने भएको छ ।