

घट्यो नेप्से परिसूचक, ७ अर्ब ६५ करोडको कारोबार




काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.५९ अकंले घट्न पुगेको छ । मंगलबार परिसूचक २६५६.०६ बिन्दुमा पुगेको हो।
यता, सेयर बजार घटेको दिन ३ सय ६ कम्पनीले १ करोड ६४ लाख कित्ता सेयर किनबेच गरेको परिसूचकमा देखिन्छ । आज ७ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको कारोबार हुँदा १० उपसूचक राता देखिए।
त्यस्तै, बैंकिङ समूह ०.३३ प्रतिशत, विकास बैंक समूह ०.१४ प्रतिशत, फाइनान्स समूह ०.४३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.७२ प्रतिशतले सेयर मूल्यमा गिरावट आएको तथ्यांकमा देखिन्छ।
सोही दिन ९९ कम्पनीको सेयर मूल्य बढ्न पुग्दा नेप्सेमा १ सय ४८ कम्पनीको भने घटेको अवस्था छ ।