

अदातलले भन्यो : पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्नु (पढ्नुस एक फरक लेख)




काठमाडौं । एउटा विषयले छोटो समयमा ठूलो चर्चा कमायो । त्यस्तो विषय हो पत्रकार दिल भूषण पाठक विरुद्धको प्रकाउ पूर्जी ।
आम जनता माझ लोकप्रियता कमाएका र शालिन स्वभावका देखिने पाठक विरुद्ध पक्राउ पूर्जी एकाएक जारी भयो । पक्राउ पूर्जी जारी भए पनि उनी पक्राउमा परेनन् । कारण, उनी कहाँ छन् ? भन्ने प्रहरीले खोजी रहेको बेलामा तत्काल फेला नपर्ने ठाउँमा उनी पुगि सकेका थिए । यही बिचमा पत्रकारिता एउटा विश्वासको आधारमा चल्ने मूख्य पेशा भएकाले पनि उनले छोटो समयमा धेरै विश्वास आर्जन गर्न सफल भएको देखिन्छ । कुनै पनि व्यवसायीक घराना वा व्यक्तीको मनभित्र रहेको सूचनालाई उसको मुखबाट ओकल्न लगाई स्कूप समाचार बनाउँनु चाननुले कुरा होइन । यो त टुक्रा टुक्रा कपडा सिलाएर त्यही मसिना कपडाबाट आँग ढाक्ने कपडा बनाएको भन्दा कम मेहनत वा जोखिमपूर्ण छैन ।
कुनै पनि पत्रकारले कलमले कोरेकै भरमा पक्राउ पर्नु पर्ने अवस्थामा देश पुगिसक्दा हाल समाचार दिने स्रोतहरुको विश्वस्नीयता मापन गर्ने तालिमहरु पत्रकारलाई राज्यले दिन सकेको छैन । भलै पहिलेका सरकारी विद्यालयमा पढेर अंग्रेजी राम्रो बनाएकाकैलाई (भोक्याबुलरी) कमजोर भएको देख्दा अंग्रेजी शिक्षक खुशी भए जस्तै परिपाटी हावी भए जस्तो देखिन्छ ।
यद्यपी एकपक्षिय रुपमा दोस्रो पक्षको कुरा नसुल्ने कल्चर विकास होस् र पाठक वा जो कोहीलाई पक्राउ गर्नु हुन्न भन्ने पक्षमा मात्र हामीले लेख्न खोजेको होइन । बरु कुनै पनि कुराको चूरो वा जरोमा पुगे मात्रै ठोस निर्णय होस् भन्ने हाम्रो ध्येय हो ।
यता उनै पाठकका उनका समकक्षी, सिनियर, जुनियर लगायत धेरै फ्यानहरुले समेत एकाएक प्रकाउकै प्रक्रियामा पुग्नु पर्ने काम उनले गरेका छैनन भन्ने ऐकेबद्धता समेत जनाए । सम्पादकहरुको समूह समेत एक ठाउँमा उभिए । कारण, उनले सार्वजनिक रुपमा सोधिएका कतिपय विषय वस्तुहरु खुलम खुल्ला जस्तै थिए भने हालसम्म उनले कसैलाई चिढ्याउने किसिमले पत्रकारीताको दुरुपयोग गरेको नदेखिएकाले पनि हुनसक्छ ।
पाठककी छोरी भानी भुषणा पाठकले पनि एक समारोहमा परराष्ट्र मन्त्री आरजु देउवा राणासँग हात नमिलाएको सन्दर्भ सामाजिक संजालबाट छिट्टै फैलन पुग्यो । फेरी यता त्यस्तो प्रकाउ पूर्जी जारी हुनुभन्दा केही दिन अघि मात्रै उनै पत्रकार पाठकले कतिपय वरिष्ठ प्रहरीहरु समक्ष एक कार्यक्रममा संवाद गरेको तस्बिरले समेत एकाएक चर्चा कमाउन पुग्यो ।
ठीक यही बिचमा पत्रकारीताका विषयहरु चित्त नबुझेको बेलामा प्रेस काउन्सिल नेपाल नियामक निकाय रहेको र सो निकाय समेत सरकारकै एक अंग रहेकाले प्रक्रियागत रुपमा उनलाई उजूरी सोही काउन्सिलमा दिनु पर्ने आवाज पनि उठ्यो । आम नागरिकले गर्ने विद्यमान समाधान वा प्रक्रिया पनि त्यही नै हो ।
यही क्रम चलिरहेको बेलामा कतिपयले पाठकले समेत संचार माध्यमलाई दर्ता प्रक्रियामा लगेर, सम्पूर्ण सरकारी नियमकहरु पूरा गरेरमा उनी थप मजबुत हुने भन्दै हौसाल पनि दिए ।
हुन त एक दिनमा कोही पनि कुक बन्दैन, ड्राईभर भन्दैन, डाक्टर बन्दैन । रोममा चल्ने एउटा भनाई नै छ रोम सिटि वाज नट विउल्ट इन डे । यसको मतलब ड्राईभर जो सुकै हुन उनले त्रिशुलीको तिरै तिर हिडेर नाराणघाट पुग्ने हो भने यूवा वा बूढा सबै ड्राईभरका कतिपय समस्याहरु साझा हुने गर्छन् ।
त्यस्तै कुनै पनि कुक वा मास्टक सेफले आगोको छेउमा बसेरै पकाउनु पर्छ, उसलाई कहिले काही ग्यास पड्कीने जोखिम होला त त्यस्तो समस्या नयाँ पुराना सबै कुक, सेफले भोग्ने साझा समस्या समेत हुन् ।
भनाईको मतलब कुनै पनि पेशामा कसैलो दशकौ बिताउँछ भने यसले आफ्नो जीवनको दशक पनि त्यही व्यतीत गरेको हुन्छ । यदी आफूले आँगालेको पेशालाई कसैले सहि ढंगले अघि बढाएका छन् भने यसका अफ्ठयारामा साथ दिनेहरु पनि पक्कै निस्किने छन् ।
मानौ, एक उदाहरणलाई हेरौं । कोही व्यक्तीले दशकौ गित गायर गायक बन्दा होस् वा सिनेमामा लामो समय खेलेर ठूलो पर्दामा मेन आउँदा होस् उसले पक्कै केही संघर्ष गरेकै हुन्छ । केही कुरा सिकेकै हुन्छ । तर, १० वर्ष गित गाउँदा व्यक्ती गायक हुन्छ, १० वर्ष फिल्म खेल्दा व्यक्ती नायक हुन्छ । अब अन्य पेशालाई पनि दाँजेर हेरौं ।
पत्रकारको दुर्घटना बीमा खोई ?
हालसम्म मोटा रकमको जीवन बीमा गर्ने पत्रकारहरुको संख्या निकै कम छ । उनीहरु प्रतिनिधि पात्र मात्र हुन् । चोकमा गएर हेर्दा ट्राफिक प्रहरीहरु बर्खामा ओत लाग्ने ठाउँ अधिकांश स्थानमा छैनन् । त्यो पनि राजधानीको मुख्य चोकहरुमा । यो अहिले भर्खरै राजधानीको मुटुमा देखीएको दृश्य हो । यस्तो साझा सत्यको समाधान गर्नु पनि राज्यको दायित्व भित्रै पर्ने पक्का छ ।
दुर्घटनामा पर्दा नागरिकहरुले पाउने रकमहरु पनि न्यून र नगन्य अवस्थामा छन् ।
यस्तो बेलामा पद र पावरमा रहदा कुनै पनि राजनीतिज्ञ, खेलाडी, निजी सरकारी कर्मचारीहरुले देश विकासलाई केन्द्रमा राखेर काम गर्नु पर्ने अवस्था सिर्जना भएको छ । झुटा खबर र आश्वासनको विगविगी भन्दा पनि सही सत्य धरातलमा टेकेर नागरिकहरुले थोरै भए पनि मल्हम पट्टी पाउने किसिमले सबैजना एकहुनुपर्ने अवस्था छ ।
बर्खाले छोप्दै गर्दा बालिनालीको बीमा किसानले गरेका छैनन् । बाटा घाटा चौपट हुँदा केही काटुन चाउचाउ, तेल र अलिकति चामलको राहात जनताले पाउने स्थिती छ । यस्तो बेलामा केही बोलेको बेलामा कस्लाई पक्राउ गर्ने, केही पक्राउ गर्न नहुने भन्ने भन्दा पनि हिमाल, पहाड र तराईका ठूला साना समस्याहरु एक ठाउँमा ल्याउँन जरुरी छ । त्यस्ता समस्याहरुलाई एक एक गरे चिरफार गर्दै समाधान दिन अबेला भइसकेको छ ।
अदालत होस् वा अस्पताल त्यहाँ एउटा भूँई मान्छेलाई नियालेर हेर्ने समय दिने र उनको बचाउन लाग्नको लागि सार्वजनिक पदमा रहेका उच्च पदस्थ व्यक्तीहरुले एक अर्कालाई धारे हात लगाएर भन्दा पनि हात मिलाएर अघि जानु पर्ने देखिन्छ ।
विकसीत देशका उन्नत प्रणालीहरुबाट सिक्दै स साना दोषका विजारोपण गर्न छोडे यूवाहरुको पनि राजनीतिमा तृष्णा र माया बढ्ने पक्का छ । जनताका मुद्धामा केन्द्रित हुने पनि कुनै विचारधारा, अनुवभव, राजनीति, पत्रकारीता, व्यवसायीकता नै अबको बाटो बन्ने पक्का छ ।
आगामी दिनमा तर्साउनलाई समाचार प्रकाशन गर्ने, बिना प्रमाणका समाचार प्रकाशन गर्ने, पावरमा रहेको जो कोहीले मिडीया ट्रायल गर्ने भन्दा पनि स्वास्थ, शिक्षा, वैदेशिक रोजगारी जस्ता विषयमा रहेका समस्या जड पत्ता लगाई आफूले आँखा देख्दा नै सबैले साधान गर्न लाग्नु पर्ने अवस्था छ ।
एक दिन छिट्टै अवश्य केस फुल्नेछ, दातले साथ छोड्नेछ, शरिरले पनि सधैं एउटै तागत नपाउन सक्छ । तर, देश कहिले फुल्छ, देश कहिले हाँस्छ ।
दोषरोपणले कस्लाई कहाँ पुर्याउछ र त्यसबाट स साना बालबालिकाहरुले के सिक्छन् भन्नेमा अनुभवीहरुले निकै गम्भिर कदम चालेमा फेरी यति समय लगाएर यस्तै लेख लेख्नु पर्दैथ्यो कि ? यही समयमा देश हाँसेका, सबै मिलेका, नयाँले पुरानालाई अभिभावक मानेका, पुरानाले नयाँको उर्जामा अझै उर्जा भरेको हेर्न सबैलाई रहर छ। किनभने, बाबु बिना छोराछोरी टुहुरा हुन्छन्, छोराछोरी भनेकै बूढा बाबु आमाका सहाया हुन भन्ने सत्यलाई नकार्न सक्किन्न ।
सबैको मार्ग सत्मार्ग नै रहोस्, सद्धबुद्धिले देश मग्मगाउने फूलबारी बनोस् ।
यता, पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासबाट पक्राउ नगर्न आदेश जारी गरेको छ।
हाल साइबर अपराध मुद्दामा प्रकाउ गरी अुनसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट अनुमति लिएको अवस्थामा कानुन विपरीत आफूलाई पक्राउ गर्न खोजिएको भन्दै पत्रकार पाठकले उच्च अदालत पाटनको सहायता लिएका थिए ।
प्रारम्भिक सुनुवाइपछि नै उच्च अदालतले उनलाई पक्राउ नगर्न अल्पकालीन आदेश दिएको हो ।