

घट्यो नेप्से परिसूचक




काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । आईतबार नेप्से परिसूचक ११.०६ अंकले घट्न पुगेको हो ।
आज बजार ११.०६ अंकले घटेर परिसूचक २६२९.८९ बिन्दुमा पुगेको छ ।
३१३ कम्पनीको १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता सेयर ९ अर्ब १३ करोड ७४ लाख १४ हजार ९१८ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा होटल, जलविद्युत समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।
कारोबारमा बैंकिङ, विकास बैंक, वित्त, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीबन बीमा, अन्य, ट्रेडिङ समूहको उपसूचक घटेको छ ।
यता, कारोबारमा ८६ वटा कम्पनीको सेयर मूल्य बढेको बेलामा १ सय ६२ वटाको घटेको देखिन्छ । कारोबारमा रिभर फिल्स पावर, पियोर इनर्जी कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट तहमा मूल्य बढेको हो ।
साथै, ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ, उपकार लघुवित्तका लगानीकर्ताले गुमाउन पुगेका हुन्।