

निफ्राको ऋणपत्रमा आवेदन दिने अन्तिम म्याद आजसम्म




काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड निफ्राले जेठ १८ गतेदेखि निष्कासन गरेको ५ अर्ब रुपियाँबराबरको ‘निफ्रा हरित ऊर्जा ऋणपत्र २०८८–८९’ मा आवेदन दिने आज ९जेठ २५० अन्तिम दिन रहेको जनाइएको छ ।
सोही, बैंकले यसअघि निष्कासन बन्द छिटोमा जेठ २१ गते हुने भनेको थियो । तर सरकारले जेठ १८ गते उपत्यकामा सार्वजनिक बिदा दिएकाले एक दिन म्याद थपेर एक दिन थपेर जेठ २२ गते कायम गरेको थियो । त्यसपछि पुनः म्याद थपेर आजसम्मका लागि लम्बाएको हो ।
बैंकले प्रतिऋणपत्र १००० अंकित दरमा ५० लाख कित्ता ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट वैशाख ३० गते स्वीकृति पाइसकेको छ ।
जसअनुसार बैंकले कुल ऋणपत्रमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । बाँकी २० लाख कित्तामा १ लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी १९ लाख कित्ता सर्वसाधारणमा निष्कासन गरेको छ ।