

सन नेपाल लाइफले मनायो सातौँ वार्षिकोत्सव : एकैपटक दुईवटा बीमालेख बजारमा




काठमाडौँ । नयाँ पुस्ताको जीवन बीमा कम्पनी सन नेपाल लाइफ इन्स्योरेन्सले ७ औं वार्षिकोत्सव मनाएको छ । सोही अवसरमा कम्पनीले एकै पटक दुईवटा आकर्षक बीमालेख बजारमा ल्याएको हो । हिजो साँझ कम्पनीले सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा योजना सार्वजनिक गरेको हो।
सुनौलो बाल समृद्ध जीवन बीमा योजनामा प्रस्तावकको निधनमा भुक्तानी निश्चित गरिएको छ । यसमा बीमा अवधिभित्र प्रस्तावकको निधन भएमा बीमांक रकम भुक्तानी हुनेछ र बीमितलाई बीमा अवधिसम्म बीमाङ्क रकमको दुई प्रतिशत सम्म मासिक आय सुविधा रकम प्रदान गर्ने व्यवस्था रहेको छ । यसमा प्रस्तावकको घातक रोगको उपचारमा ५० लाख रुपैयाँसम्म बीमा कम्पनीले बेहोर्ने आकर्षक विशेषता रहेको कम्पनीले जनाएको छ।
‘सनलाइफ मेडिकेयर’ आपतकालीन अवस्थामा औषधिउपचार गर्न सहज होस् भन्ने हेतुले अघि सारिएको बीमा योजना हो भने यस्ताप्रकारका बीमा योजना नेपालमा पहिलोपटक सन नेपाल लाइफबाट शुभारम्भ गरिएको हो । अस्पताल भर्ना भएर गरिने औषधि उपचारमा १ लाख रुपैयाँसम्म प्रदान गर्ने व्यवस्था रहेको यस योजना अन्तर्गत आपतकालिन उपचार गर्दा यसबाट आम नेपाली नागरिकले लाभ लिन सकिने भएको छ।
सोही वार्षिकोत्सवको अवसरमा कम्पनीले वैदेशिक रोजगारीसँग सम्बन्धित सन्देशमूलक भिडियो पनि सार्वजनिक गरेको थियो । भिडीयोमा सकेसम्म स्व्देशमै बनौ रोजगार, विदेशमा नबनौ मजदूर तथा विदेश जानु पर्ने अवस्थामा समेत सहि प्रक्रियाबाट नठग्गी जान र जोखिमपूर्ण विदेशी जीवनमा बीमालाई सहारा बनाउँन सकिने लगायतको आशय व्यक्त गरिएको थियो ।
सोही सातौं वार्षिकोत्सवको अवसरमा कम्पनीले ७ वर्ष ७ प्रदेश ७ दिन ७ सत्कर्म नारा सहित सप्ताहव्यापी कार्यक्रमहरु सम्पन्न गरेको छ । सात सत्कर्म अन्तर्गत प्रभातफेरि, वृक्षारोपण, खाद्यान्न तथा लत्ताकपडा वितरण, मठ–मन्दिर सरसफाइ, रक्तदान, वित्तीय साक्षरतासम्बन्धी कार्याशाला तथा शैक्षिक सामग्री गरिएको छ । सो अवसरमा देशभरका विभिन्न स्थानमा नेपाली संस्कृतिसँग जोडिएका बर, पिपल, रुद्राक्ष, रक्तचन्दन, अगरउड, श्रीखण्ड र स्वामी गरी ७ थरी वनस्पतिको वृक्षारोपण कार्यक्रम सम्पन्।
यसै अवसरमा महिला तथा बालबालिकालाई लक्ष्य गरी शैक्षिक सामग्री र खाद्यान्न वितरण गरिएको छ । ‘समुदाय सँगसँगै कदम उठाउँदै’ नाराका साथ मन्दिर सरसफाइ र रक्तदान कार्यक्रम आयोजना गरिएको छ । विभिन्न विद्यालयका विद्यार्थीमाझ वित्तीय साक्षरतासम्बन्धी कार्यशाला सञ्चालन सम्पन्न भएको छ ।
वार्षिकोत्सवको अवसरमा आइतबार बीमा सचेतना र वित्तीय सबलतामा बीमाको आवश्यकताबारेको सन्देशसहित काठमाडौं लगायत विभिन्न सहरमा प्रभातफेरि कार्यक्रम सम्पन्न भएको छ । प्रभातफेरि समापन समारोहमा प्रमुख कार्यकारी अधिकृत अर्यालले समग्र बीमा क्षेत्रको अवस्था, बीमाको आवश्यकता तथा महत्वबारे प्रकाश पारेका थिए । यस अवसरमा कम्पनीमा स्थापनाकाल देखी कार्यरत कर्मचारीहरुलाई कदरपत्र प्रदान गरिएको छ ।
कम्पनीलाई थप सुशासानयुक्त, सबल र सक्षम बनाउँन आफूहरु प्रतिवद्ध रहेको कम्पनी पक्षको भनाई थियो । सन नेपाल लाइफका सीईओ राजकुमार अर्यालले पनि आफूहरु नाफामुखी भन्दा पनि सेवामुखी भएर काम गर्दै आएको बताए ।
कार्यक्रमको प्रमुख आतिथि समेत रहेका नेपाल बीमा प्राधिकरणक पूर्व कार्यकारी निर्देशक राजुरमण पौडेलले जीवन बीमा कम्पनीहरुले बर, पिपलको बोट जस्तै २० औ वर्षको दूरदर्शीता हेरेर र जनाताका ठूला जोखिम आफूले लिएर काम गर्ने प्रकाश पारे ।
हास्य कलाकार सिताराम कट्टेल (घ्रुमुस) तथा कुञ्जना घिमिरे (सुन्तली) ले पनि कम्पनीको सद्भावनादूत (ब्राण्डएम्बेस्डर) को रुपमा जीवन बीमा अभिकर्ताहरुको अदम्य साहस, संघर्ष, बजारीकरणका मेहनत तथा व्यक्तीको अनिश्चित जीवनमा बीमाले पुर्याउँने योगदानको बारेमा चर्चा गरेका थिए ।