

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आउदै, सेयर प्रत्याभूतिकर्तामा एलिट क्यापिटल




काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याबले साधारण सेयर ९आईपीओ० निष्कासन गर्ने भएको छ ।
कम्पनीले सेयर अण्डरराईटिंग ९धितोपत्र प्रत्याभूति०का लागि एलिट क्यापिटललाई नियुक्त गरेको छ । सम्झौतामा कान्तिपुर फर्मास्यूटिकल्सका प्रबन्ध संचालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरेो ।
आज एलिट क्यापिटल र कान्तिपुर फर्मास्यूटिकल्सबिच यस सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । एलिटले कान्तिपुरको १७ करोड रुपैयाँको १७ लाख कित्ता साधारण सेयरको प्रत्याभूति गरेको हो ।
कान्तिपुर फर्मास्यूटिकल्सले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । ६३ करोड चुक्ता पुँजी भएको कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १७ लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ ।
सन् २०१८ सालमा स्थापित भएको कम्पनीले भेटेरिनरी सम्बन्धीे औषधिहरूको अनुसन्धान तथा पशुपंछीका लागि आहारपुरक सप्लिमेन्टस् उत्पादन तथा बिक्री वितरण गरिरहेको छ । हाल कम्पनीले औषधि व्यवस्था विभागबाट ६१ वटा औषधिहरूको उत्पादन स्वीकृति प्राप्त गरिसकेको छ । जसमध्ये १३ वटा औषधिहरूको बिक्री वितरण प्रमाणपत्र प्राप्त गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।
अन्य औषधिहरूको बिक्री वितरण प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । साथै कम्पनीले २१ वटा अन्य आहारपुरक सप्लिमेन्टसहरूको समेत उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको जनाएको छ ।