

योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैंकका गभर्नरबीच भेट




काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेल बिच भेटवार्ता भएको अवस्था छ ।
यता, योजना आयोगमा भएको भेटमा उनीहरूबीच वित्त नीति र मौद्रिक नीतिको अन्तरसम्बन्ध र स्वतन्त्रताको बारेमा छलफल भएको छ । उनीहरुबीच उक्त दुई नीतिहरू सँगसँगै कार्यान्वयनमा लैजाने नीति कार्यान्वयनमा एक अर्कामा सहजीकरण गर्ने बारेमा समेत छलफल भयो ।
उनीहरूले अर्थतन्त्रलाई कोभिड १९ पूर्वको अवस्थामा लैजाने र योजनाले लक्षित गरे अनुरूपको उच्च दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।
छलफलका क्रममा आयोगका उपाध्यक्ष अधिकारीले वित्तीय हस्तान्तरण, आयोजनाको पुनः प्रथामिकिकरण, आयोजना बैंकको प्रभावकारी कार्यान्वयन तथा मध्यमकालिन खर्च संरचना लगायतका विषयमा राष्ट्रिय योजना आयोगबाट भए गरेका सुधारका कार्यको बारेमा जानकारी गराए ।
साथै, राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षण गर्दै लगानीको वातावरण सिर्जना गर्न राष्ट्र बैंकले त्यस सम्बन्धमा सहजीकरण गर्ने बताएका हुन्।