

घट्यो नेप्से परिसूचक




काठमाडौं । सातामा सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक घट्न पुगेको छ । सुरुवाती चरणमा सूचक २७०० माथि पुगे पनि अन्तिममा भने ५ दशमलव २१ अंकले घट्दा २६७४ दशमलव ७६ विन्दुमा पुगेको हो ।
आज कारोबार खुलेको पहिलो मिनेटमा नै सेयर बजार परिसूचक २७४५ दशमलव ९ विन्दुमा पुगेकाले चर्चा समेत कमायो। तर, सो उत्साह भने निकै बेर टिक्न भने पाएन । सोमबार सेयर बजारमा १५५ कम्पनीको सेयर मूल्य घटेको छ भने ९२ कम्पनीको सेयर मूल्य मात्रै बढेको देखिन्छ।
‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३७ अंकले घटेर ४५६ दशमलव ०९ विन्दुमा पुगेको बेलामा १३ उपसूचकमध्ये ११ वटा उपसूचकको सेयर मूल्य घटेको छ भने २ वटा उपसूचकको सेयर मूल्य मात्रै बढेको परिसूचकमा देखिएको छ ।
त्यस्तै, परिसूचसँगै आज कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो दिन ७ अर्ब ६० करोड माथिको कारोबार भएको बजारमा अजा ७ अर्ब ५८ करोड ५० लाख २२ हजार ५९० रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३३७ कम्पनीका १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता सेयर ६९ हजार ६५१ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
साथै, आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको हो ।