

नेप्से परिसूचक ८ .५७ अंकले घट्यो, कारोबार रकम ७ अर्ब ६० करोड




काठमाडौं । सातामा सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक ८ दशमलव ५७ अंकले घटेको छ । त्यसरी बजार घट्दा २६७९ दशमलव ९८ विन्दुमा पुगेको हो ।
यता, आज सेयर बजारमा ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ कम्पनीको सेयर मूल्य घटेको छ भन एक कम्पनीको सेयर मूल्य आज स्थिर रहेको देखिन्छ। सोही बेलामा ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ४६ अंकले घटेर ४५६ दशमलव ४६ विन्दुमा पुगेको छ । आइतबार १३ वटा उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटा उपसूचकको सेयर मूल्य मात्रै बढ्न पुगेको अवस्था छ।
आइतबार कारोबार रकम पनि घटेको देखिन्छ । यस अघि ९ अर्ब भन्दा माथिको कारोबार भए पनि आज भने साढे ७ अर्बभन्दा माथिको मात्रै कारोबार भएको हो ।
साथै, आज सेयर बजारमा ३१४ कम्पनीका १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर ७० हजार ६१० पटक किनबेच हुँदा ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार २१२ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको नेप्से परिसूचकमा देखिएको अवस्था छ।