

सांगीतिक कार्यक्रमसहित धनगढीमा ‘पल्सर एन१२५’ लन्च गरिने




काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको प्रतिष्ठित र एकमात्र आधिकारिक विक्रेताको परिचय बनाएको हंसराज हुलासचन्द एण्ड कम्पनीले धनगढीमा पल्सर एन१२५ को बहुप्रतीक्षित सार्वजनिक कार्यक्रम आयोजना गर्ने भएको छ।
सोही कार्यक्रममा बजाज आफ्नो आकर्षक लन्च कार्यक्रमहरूका लागि परिचित रहेको र यसपटक पनि त्यही शैलीलाई निरन्तरता दिँदै, नयाँ पल्सर एन१२५ को लन्च संगीतमय साँझमार्फत गरिने जनाइएको हो।
यता, भोलि जेठ १२ गते सोमबार साँझ ६ः३० बजेदेखि खुल्ला मञ्च, नैनदेवी रोड, धनगढीमा हुन गईरहेको यस कार्यक्रममा प्रवेश निःशुल्क हुने व्यवस्था गरिएको छ भने कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल र चक्र बमको लाइभ प्रस्तुति रहने छ भने कार्यक्रमको संचालन एम्सी अनु मानन्धरले गर्ने तालिका तय भएको छ।
कम्पनीका अुनसार कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर एन१२५ हो, जसमा १२४।५८सिसी एयर–कुल्ड, सिंगल सिलिन्डर इञ्जिन छ, जसले ८।८२ किलोवाट पावर र ११ नानोमिटर टर्क उत्पादन गर्दछ। यो १२५सिसी सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो।
साथै, हंसराज हुलासचन्द एण्ड कम्पनीका मार्केटिङ प्रमुख अमितराज चालिसेले भने ‘एन१२५ लाई धनगढीमा ल्याउन पाउँदा उत्साहित हुनुका साथै ठूलो संख्यामा दर्शक र राइडरहरूको उपस्थिति अपेक्षा रहेको छ’ जनाएका छन्।