

मिस एण्ड मिस्टर फ्रेसर २०२४ सम्पन्न : बस्याल र बटेलाले हात पारे उपाधी




काठमाडौं । राजधानीको बसुन्धारामा अवस्थित साउथ वेस्टन स्टेट कलेजको आल्मुनाई संस्था (सेसन नेपाल) को आयोजनामा ‘मिस एण्ड मिस्टर फ्रेसर २०२४’ सम्पन्न भएको छ । विद्यार्थीहरुको उत्साहजनक सहभागीता सहित सो कार्यक्रम सम्पन्न भएको हो ।
सोही कार्यक्रमको प्रशिक्षक समेत रहेका केशव गौतमले भने,‘सौन्दर्य प्रतियोती मात्र नभई यो कार्यक्रम भनेको विद्यार्थीहरुमा अतिरिक्त क्षमता विकास गराउँने प्ल्याटफर्म समेत हो । यस्ता कार्यक्रमको माध्यमबाट आत्मविश्वासको विकास गर्न, जनसम्पर्कको विकास गर्न, नयाँ विषयहरुको बारेमा जानकारी दिलाउन निकै मद्धत गर्छ । सबैभन्दा ठुलो कुरा भनेको विद्यार्थीहरुलाई मञ्चमा बसेर आफ्नो काम गर्न समेत निकै मद्धत पुग्छ भन्ने हो ।’
मिस एण्ड मिस्टर फ्रेसरको विजेताको बारेमा
मिस फ्रेसर २०२४ को विजेता स्याङ्जाकी सिम्रन बस्याल बनेकी छिन् । त्यस्तै रुकुम पश्चिमका मोहन बटेलाले मिस्टर फ्रेसर २०२४ को उपाधी हात पारे ।
उप-विजेता
यता उप-विजेतातर्फ मिस फ्रेसर २०२४ की फस्र्ट रनर अप हुन् सम्पदा लकान्द्री । त्यस्तै, मिस्टर फ्रेसर २०२४ को फस्र्ट रनर अपमा छात्रतर्फ मिराज के.सी.ले उपाधि जितेका छन् ।
कार्यक्रममा यस बाहेक अन्य विधामा समेत विभिन्न उपाधीहरु बाढिएको थियो । त्यसरी उपाधी हात पार्ने विद्यार्थीहरु समेत उत्साहित देखिएका थिए ।
साथै, बेस्ट वाकमा पिसन राई र इच्छा ढकाल विजेता बने ।
बेस्ट ट्यालेन्टतर्फ सिम्रन बस्याल र बेस्ट पर्सनालिटीमा एरिक घिमिरेले उपाधि जितेका छन् ।
बेस्ट प्रिजेन्टरमा मोहन बटला विजेता बने भने कार्यक्रम संचालकको रुपमा क्रिसला ढकाल, राजिव लोप्चन, रचना दाहाल, सुप्रभा रेग्मी, सन्तोष गुरुङ रहेका थिए ।
त्यस्तै, निर्णायक मण्डलतर्फ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा आवद्ध (सीए) आयाम राज सुवेदी लगायत विभिन्न अतिरिक्त कार्यक्रम र पब्लिक स्पिकिङको लामो अनुभव हाँसिल गरेका प्रशंसा श्रेष्ठ, सचिना रेग्मी, नबिन पोखरेल सहभागी थिए ।
यस्तो छ फाइनालिस्टको नाम
कार्यक्रमको फाइनालिस्टको रुपमा मिराज के.सी., पिसन राई, प्रिन्स गुरुङ, रायज श्रेष्ठ,प्रकृती ढुंगाना,सृष्टी मगर, आकृति बस्नेत,एविगेन गुरुङ, सिम्रन बस्याल, सम्पदा लकान्द्री रहेका थिए ।
इभेन्ट हेडको रुपमा सुरज विश्वकर्मा रहेका थिए भने को-हेड निरज लामिछाने तथा आदित्य बिस्टले गरेका थिए । कार्यक्रममका सेसन नेपालकी महासचिव प्रकृति न्यौपाने रहेकी थिइन भने सेसन नेपालको अध्यक्ष मेधाविनी ढकालको पनि कार्यक्रममा सक्रिय सहभागीता रहेको थियो ।
यता साउथ वेस्टन स्टेट कलेजको तर्फबाट शिक्षक सरिता प्रधान शाक्य, विद्यार्थीका अभिभावक तथा शुभचिन्तकहरुले कार्यक्रममा सहभागीता जनाएका थिए ।
साउथ वेस्ट स्टेट कलेजको आल्मुनाई संस्था सेसन नेपालले आयोजना गरेको सो कार्यक्रम विगत सन् २०१८ देखि नियमित रुपमा संचालन हुँदै आएको जनाइएको छ ।
साथै, यस अघि सन् २०२३ का विजेता रजनि खतिवडा र जेन लामाले यस पालिका विजेता बस्याल र बटेलालाई आफ्नो क्राउन हस्तान्तरण गरेका थिए ।
स्पोन्सर तथा सहयोगीदाताहरु
कार्यक्रमको सफलताको लागि नेपाल एयर होस्टेस एकेडेमी, यति सोल, एङग्री ब्रदर्श, फुटुङ्ग फुटसल, स्काई वाक काठमाडौंले प्रयोजन गरेका थिए । प्राविधिक पक्ष सालिक टेकले हेरेको थियो भने एभरेष्ट फिल्म एकेडेमी तथा मिडीया पार्टनरको रुपमा बीमा दर्पण डटकम उपस्थित भएको थियो ।
मिस्टर र मिस फ्रेसर २०२४ को विजेताले कलेजमा ५० प्रतिशत, उप विजेताले ४० प्रतिशत, कार्यक्रमको वेस्ट प्रिजेन्टरले २० प्रतिशत स्कलरसिप तथा गिफ्ट ह्याम्फर पाउँने जनाइएको छ ।