

शेखर कोइरालाले मागे गृहमन्त्री रमेश लेखकको राजीनामा




विराटनगर। नेपाली कांग्रेसका शीर्ष नेता डा. शेखर कोइरालाले आज गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । उनले तत्काल राजीनामा दिनु पर्ने सुझाव दिएका हुन्।
एयरपोर्टको भिजिट भिसासँग सम्बन्धित गहिरो असन्तुष्टी व्यक्त गर्दै उनले लेखकलाई राजीनामा दिन सुझाए ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आफ्नो कुरा राख्दै कोइरालाले भने,‘उहाँले नैतिकताको हिसाबले लु म क्लिन छु, मैले राजीनामा गरें, छानबिन समिति बनाउनुहोस, गर्नुहोस् तपाईंहरु भने भैहाल्यो नि, त्यसले मोरल स्ट्याटस देखिन्छ ।’
हाल मन्त्री लेखकले राजीनामा दिँदा उनकै नैतिकतालाई सघाउने कोइरालाको भनाईले बजार तताएको बेलामा विगतमा अरु मन्त्रीहरुले पनि प्रश्न उठिसकेपछि राजीनामा दिएको उनले खुलासा गरेका हुन् ।
यद्यपी सोही प्रसंगलाई जोडेर गृहमन्त्रीको तर्फबाट भने कुनै पनि किसिमका प्रतिक्रीया आइसकेको छैन ।