

सांग्रिला मोटर्सको उत्तरढोकामा शोरुम उद्घाट्न




काठमाडौं । रहर कस्लाई हुन्न र ? चापांग्रे सवारीमा सरर हिड्न । तर, रहर भएर मात्रै पुग्दैन चार पाग्रे सवारी लामो समयदेखि चढ्ने गरेकाहरुले पनि अनेकौ हैरानीका कथा सुनाउँने गरेको पाइन्छ । ठीक यस्तै बेलामा सहि कम्पनीको छनोट गर्न सकेमा ग्राहकहरुलाई भरपर्दो र विश्वासिलो यात्रा गर्न मद्धत पुग्छ ।
अहिले ग्राहकहरुलाई गाढी किन्नको लागि अवसर नै अवसर छ । त्यस्तै अवसरमा पनि भरपर्दो र आफ्नो रोजाई अनुसारको गाढी छान्न सक्नु पनि निकै अपरिहार्य विषय हो । यस्तै बेलामा ग्राहकहरुको सहजताको लागि भन्दै सांग्रिला मोटर्सको उत्तर ढोका काठमाडौँमा सिट्रोएन लिफ मोटर र न्युजो सहितको प्रिमियम शोरूम सञ्चालनमाआएको छ । कम्पनीका अनुसारदक्षिण एसियामा आफ्नो उपस्थिति मजबुत बनाउने रणनीतिक योजना अन्तर्गत स्ट्रान्टिसले नेपालमा दोस्रो लिडरशिपको उद्घाटन गरेको छ। यो लिडरशिप गोल्छा अर्गनाइजेसन अन्तर्गतको सहायक कम्पनी साङ्ग्रिला मोटर्स प्रीतिद्वारा सञ्चालन हुनेछ। काठमाडौंको उत्तर ढोकामा अवस्थित यो नयाँ प्रमुख शोरूममा विश्व प्रसिद्ध तीन ब्राण्डहरू सिट्रो एन लिप मोटर र न्यू पिउजोलाई एउटै छानामुनि प्रस्तुत गरेको छ ।
चार उद्घाटन कार्यक्रममा स्टेलान्टिस इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक शैलेश हलेजा र साङ्ग्रीला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाको उपस्थितिमा नेपालस्थित फ्रान्सली राजदूत महामहिम भर्जिनी कोर्तेवालले गरिन्। उद्घाटन समारोहमा शैलेश हजेलालले भने, नेपाल हाम्रो अप्रेसनको रणनीतिक बजार हो। हामी साङ्रिला मोटरसँगको सहकार्य मार्फत नेपाली ग्राहकहरुलाई विश्वस्तरीय मोबिलिटी समाधान उपलब्ध गराउन पाउँदा निकै उत्साहित छौँ। यो नयाँ स्वतन्त्रहरु नेपाली बजारमा प्रस्तुत गर्ने हाम्रो प्रतिबद्धता दोहोर्याएको छ।
हेमन्त गोलछाले भने, यो नयाँ सोरुम हामीले उत्कृष्ट ग्राहक अनुभवमा केन्द्रित गर्दै गरेको लगनशील प्रयासको निरन्तरता हो। हामी नेपाली ग्राहकका लागि प्रिमियम मोबिलिटी समाधानको एकमात्र गन्तव्य बन्ने छौ। त्यस्तै साला मोटरस प्राली गोल्चा अर्गनाइजेसनको पाच दशक भन्दा लामो अनुभवको जगमा स्थापित कम्पनी हो जसले नेपालमा दिगो र नवप्रवर्तित सवारी साधन क्षेत्रमा अग्रसर भूमिका निर्वाह गरिरहेको छ। नेपालमा स्टे लान्टिस ब्राण्डहरुको एकमात्र आधिकारिक आयातकर्ता ले नेपाली विद्युत र प्रिमियम गाडी बजार निर्माणमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।
स्टेलान्टिसको बारेमा
स्टेलान्टिस इनभ विश्वको अग्रणी सवारी साधन निर्माता कम्पनी हो जसले आफ्ना ग्राहकहरुलाई नवीनतम प्रविधिको प्रयोग गर्दै स्वतन्त्र गतिशीलताको अधिकार सुनिश्चित गर्न समर्पित छ। यसका ब्राण्डहरुमा अरबाथ, अल्फा, रोमियो, क्रिसलर, सिट्रोएन, डज, डीएस, अटोमोबाइल्स, सीएट, जिप, लान्सिया मासेराटी ओपेल पिउजो रामभक्सहल, फ्री टु मुभ र लेइसिज सामेल रहेको जनाइएको हो ।