

सान्भि इनर्जीले जारी गर्यो आईपीओ




काठमाडौं । सान्भि इनर्जी कम्पनीले आईपीओ जारी गरेको गरेको छ। सो आईपीओ सर्वसाधारणलाई लक्षित गरी जारी गरिएको जनाइएको हो ।
यता, सोही कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २४ करोड १५ लाख ३० हजार रुपैयाँको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन ल्याएको अवस्था छ ।
साथै, कम्पनीले ८ करोड ८० लाख रुपैयाँको ८ लाख ८० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेको बेलामा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई २ लाख ९१ हजार कित्ता आईपीओ निष्कासन गरिसकेको जनाइएको हो ।
कम्पनीका अनुसार सर्वसाधारणलाई निष्कासन गरेको आईपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ २३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । हाल आईपीओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन मिल्ने भएकाले आवेदन सी–आस्वा सदसय रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिने कम्पनीको भनाई छ ।