

मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आर्थिक सुधार कार्यान्वयनका महत्वपूर्ण योजनाहरु सदर हुने




काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसअनुसार तयार पारिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ लाई सरकारले स्वीकृत गरेको जनाइएको छ। सो निर्णय मंगलबार जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको जनाइएको हो ।
सोही बैठकले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति पाँचौँ संशोधन आदेश २०८२ लाई पनि स्वीकृति दिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले त्यस्तो जानकारी सार्वजनिक गरेका हुन्।
यता, बैठकमार्फत डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर मा नियुक्त गरेको थियो । साथै, नेपाली सेनाको सैनिक स्वास्थ्य समूहअन्तर्गत मेडिकल उपसमूहमा कार्यरत एक जना महासेनानीको कार्यकाल थप गर्ने निर्णय गरिएको हो।
साथै, सोही बैठकबाट सुर्खेत उपत्यका नगर विकास समिति स्वामित्वमा रहेको एक जग्गा कर्णाली प्रदेश सरकारलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासकीय भवन निर्माण प्रयोजनका लागि प्रयोग गर्न दिने स्वीकृति शहरी विकास मन्त्रालयलाई प्रदान गरिएको तथा जेठ ११ देखि १९ गतेसम्म चीनमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन उद्योगमन्त्री दामोदर भण्डारीलाई स्वीकृति दिएको बताइएको छ।