

परियोजनामा समस्याहरु समाधान हुन्छन् : उपाध्यक्ष अधिकारी




काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी निरन्तरको छलफलबाट नीति बनाउनमा सहयोग पुग्नमा जोड दिएका छन्। उनले आज संसदको अर्थ समितिको बैठकमा उपाध्यक्ष सो कुरामा जोड दिएका हुन् ।
यता, परियोजनाका विषयमा अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सुझाबहरु दिइरहेको र भन्दै निरन्तर बहस हुनुपर्ने उनले सुनाए भने परियोजनामा देखिएका समस्याहरुलाई समाधान गर्नेतर्फ पनि छलफलहरु केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।
साथै, त्यस्ता छलफलहरु नियमित रुपमा हुनुपर्छ । जसले नीति बनाउनमा सहयोग पुग्छ,’ उनले भने, ‘सबै उत्तर मैले दिने त होइन यस्ता बहसहरु निरन्तर हुनुपर्छ र पोलिसीमा राख्न सकिन्छ ।’