
अर्विट इनर्जीले आईपीओ ल्याउन धितोपत्र बोर्डमा अनुमति माग्दै

काठमाडौं । अर्विट इनर्जी लिमिटेडले प्राथमिक शेयर ९आईपीओ० निष्कासनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।
कम्पनीले बोर्डमा ५० लाख कित्ता आईपीओ निष्कासनका लागि अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो।कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा ५० करोड रूपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो।कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।

