

सेयर बजारमा ७ अर्ब माथिको कारोबार




काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक उच्च अंकले बढ्न पुगेको छ । अघिल्लो दिन सामान्य अंकले घटेको सेयर बजार आज उच्च अंकले बढ्न पुगेको हो।
यता, आज सेयर बजार परिसूचक ४९ दशमलव ०९ अंकले बढेर २६७७ दशमलव ४५ विन्दुमा पुगेको छ । सो बिन्दु अघिल्लो दिनको भन्दा १.८६ प्रतिशतले बढी रहेको देखिन्छ।
मंगलबार सेयर बजारमा २ सय २९ कम्पनीको सेयर मूल्य बढेको बेलामा १५ कम्पनीको घटेको देखिन्छ। त्यस्तै, एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ६८ अंकले बढेर ४५१ दशमलव ०१ विन्दुमा पुगेको बेलामा सेयर बजारमा १३ वटै उपसूचकको सेयर मूल्य बढेको देखिएको हो। सोमबार ७ अर्ब ३५ करोड माथिको कारोबार भएको बजारमा मंगलबार भने ७ अर्ब ३१ करोड २७ लाख ९० हजार १९६ रुपैयाँ बराबरको कारोबार भएको परिसूचकले देखाउँछ । मंगलबारको सूचकका अनुसरा सेयर बजारमा ३सय १० कम्पनीका १ करोड ६८ लाख ८८ हजार ४ सय ५९ कित्ता सेयर ७३ हजार ५४ पटक खरिद बिक्री भएको बेलामा आजै गभर्नर नियुक्ती हुने संकेत बाहिरीएसँगै त्यसको प्रभाव सेयर बजारको परिसूचकमा समेत परेको बुझिएको हो।