

बढ्यो नेप्से परिसूचक




काठमाडौं । सोमबार नेप्से परिसूचक बढ्न पुगेको छ। निरन्तर ओरालो लागेको बजारले फेरी वृद्धिको लय पक्रेको हो।
यता, नेप्से परिसूचक १९.३० अंक बढ्दा २६२८.३६ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स ४.१५ अंक बढेको देखिन्छ ।
सोमबार सेयर बजारमा ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड ६२ लाख ५ हजार कित्ता सेयर किनबेच भएको नेप्से परिसूचकमा देखिन्छ।
साताको दोस्रो दिन सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ओम मेगाश्री फर्मास्यूटिकल्स, र तेह्रथुम पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट देखिदख विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेययरमूल्य भने गिरावट देखिएको हो।
कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ५९ करोड ७६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ५१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको ४१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १ दशमलब ८८ प्रतिशत बढेको छ। त्यस्तै, बैंकिङ्ग, जलविद्युत, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक १ दशमलब २४ प्रतिशत घटेको छ।