

लुक्लाका लागि उडेको समिट एयरको विमान पुनः काठमाडौं विमानस्थल फिर्ता




काठमाडौं । काठमाडौंबाट लुक्लाका छुटेको समिट एयरको उडान नम्बर ३०१ विमानको आकस्मिक रुपमा काठमाडौं विमानस्थलमा नै ल्याण्ड गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।
उक्त जहाजमा प्राविधिक समस्या देखिएको भन्दै गन्तव्यमा पुग्नु अगावै फिर्ता गरिएको हो।
यता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए अनुसार बिहान लुक्ला उडेको विमान सोलुखुम्बुको फाफ्लु क्षेत्रमा पुगे लगत्तै केही प्राविधिक समस्या देखा परेको थियो । सोही कारण विमान बिहान ७ बजेर २४ मिनेटमा विमान आकस्मिक अवतरण गरिएको जनाइएको छ। बिहान उडेको समिट एयरको विमानको इञ्जिनमा समस्या देखिएको र अहिले प्राविधिक टोलीले त्यसको समाधानमा जुटेको अवस्था छ।
विमानस्थलबाट प्राप्त जानकारी अनुसार सोही जहाजमा पाइलट सहित अन्य १९ जना सवार गरेको अवस्थामा समस्या आएको जहाज समयमै ल्याण्ड हुन पाउँदा सबै यात्रुहरुको सकुसल रहन सफल भएका हुन् ।