

गभर्नर सिफारिस समितिमा नियुक्त भए पोषराज पाण्डे




काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि बनेको समिति पुनर्गठन भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा समिति पुनर्गठन गरिएको हो ।
यसअघि अर्थमन्त्री पौडेलको नेतृत्वमा बनेको समितिमा निर्वतमान गभर्नर महाप्रसाद अधिकारी र डा. विश्व पौडेल सदस्य थिए । पौडेलले समितिको सदस्यबाट राजीनामा दिइसकेका छन् । उनको ठाउँमा अर्थविद् डा. पोषराज पाण्डेलाई नियुक्त गरेको हो ।कांग्रेस र एमालेबीच पौडेललाई गभर्नर बनाउने पछिल्लो सहमति भएको छ ।