

राजनीतिक नेतृत्वले आनीबानी बदल्नु पर्छ : पूर्व अर्थमन्त्री पुन




काठमाडौं । पूर्व अर्थमन्त्री वर्षमान पुनले राजनीति नेतृत्वको आनिबानी परिवर्तन हुनु पर्ने बताएका छन् । नेपाल उद्योग परिसंघ ९सीएनआई० ले आयोजना गरेको आर्थिक रुपान्तरणको मार्गचित्र सम्बन्धी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
पछिल्लो समय सबै क्षेत्रमा सुधार भएको भन्दै त्यसमा भएको सुधारमा जनताहरु आशादीत हुन नसकेको उनको भनाइ छ । जनताको आशालाई पुरा गर्न नसक्दा राजनीति नेतृत्वप्रति निराशा बढी हरेको भन्दै त्यसमा सुधारको आवश्यकता रहेको उनको तर्क थियो । ‘म कसैलाई पनि दोष दिन चाहान्न, म पनि त्यतिकै दोषी हुँदा सबै नेतृत्वको बानी सुधार हुन आवश्यक छ,’ उनले भने ।
सडक निर्माण लगायत अन्य क्षेत्रमा पनि चमत्कारी परिवर्तन भएको भए पनि अझै धेरै आकाक्षां बढेकाले निराशा बढेको उनको भनाइ थियो । विकास निर्माणका क्षेत्रमा बनेका आयोजनाले कित फाइदा पुग्यो भन्ने विषयमा समिक्षा गर्नु पर्ने उनले बताए । भ्यु टावर सम्मेलन केन्द्रहरु बनेको भन्दै त्यसले कति फाइदा पग्यो भन्ने विषयमा समीक्षा आवश्यक रहेको उनले बताए ।
विमानस्थल बनाएको भए पनि ती प्रयोग गर्नका लागि आवश्यक योजना बनाउनु पर्छ । कसैलाई आरोप गाउनु भन्दा पनि यस्ता विषयमा बहस गर्न आवश्यक छ । विज्ञहरुले नै यस्ता विषयहरुले कति दायित्व थपे र त्यसबाट कति नाफा भयो भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको पुनको भनाइ छ । सिस्टममा गर्छु भन्दा काम गर्नका लागि निकै गाह्रो हुने गरेको उनले अनुभव सुनाए ।