

४ सय ३० उडान रद्ध हुने गरी भारतका २७ विमानस्थल तीन दिनलाई बन्द




काठमाडौं । भारत पाकिस्तान बिचको युद्दले निरन्तरता पाएसँगै त्यसको असर भारतीय हवाई मार्गमा देखिन पुगेको छ । सोही कारण भारतको उत्तर, पश्चिमी र मध्य क्षेत्रका २७ वटा विमानस्थलहरु एक साथ ठप्प हुन पुगेका छन् । त्यसरी उडान नै रोक्ने गरी शनिबार बिहान साढे ५ बजेसम्मका विमानस्तल बन्द गरिएको खबर छ।
त्यस्तै, स्थानीय समयलाई आधार मान्दा शनिबार बिहान ५ः२९ बजेसम्म उक्त विमानस्थल सुरुचारु नहुने भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।
भारमा अवस्थित जम्मू, लेह, चंडीगढ, श्रीनगर, अमृतसर, लुधियाना, भटिन्डा, हलवारा, पठानकोट र भुन्तर, पटियाला, सिमला, गग्गल, धर्मशाला, किशनगढ, जैसलमेर, जोधपुर, बिकानेर, मुन्द्रा, जामनगर, राजकोट, पोरबन्दर, कान्डला, केन्डल, केशुद, भुज, ग्वालियर तथा हिन्डन एयरपोर्ट भारत पाकिस्तान युद्धको प्रत्यक्ष प्रभावमा परेका छन्। त्यस्तो प्रभाव उनीहरुको व्यवसायमा देखिएको हो ।
सोही विमास्थलको उडान सुचारु हुन नसकेसँगै बिहीबार ४ सय ३० उडानहरु रद्द गरिएको अवस्था छ।
सोही बेलामा पाकिस्तानका विमान कम्पनीहरुले १ सय ४७ भन्दा बढी उडानहरु रद्द भएको र यसको अवसर अन्य देशहरुमा समेत पर्ने अनुमान गरिएको छ ।
भारतीय संचार माध्यमबाट